सखुवारा। पथरी शनिश्चरे वडा नं. ८ कार्यालयले आफ्नो वडाका आर्थिकरूपमा विपन्न ४५ घर परिवारलाई निःशुल्क शौचालय वितरण गरेको छ ।
शौचालय नभएका परिवारलाई निवेदन माग गरिआएका निवेदनबाट छनौट गरेर अहिले वडाको ४ लाख १ हजार बजेटबाट वडा भित्र ४५ वटा शौचालय निर्माण गरिएको र अपुग परिवारलाई आगामी आर्थिक वर्षमा समेटेर वडा भित्र अनिवार्य एक घर एक शौचालय निर्माण गरिने वडा अध्यक्ष नवीन कार्कीले बताए।


73 पटक हेरिएको 








