पथरी । पथरी शनिश्चरे नगरपालिका र इन्ट्रा फाउण्डेन्सन नेपाल बीच एम्वुलेन्स सञ्चालन र आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाको लागि सम्झौता भएको छ ।
आइतबार एम्वुलेन्स नगरपालिकाद्वारा संचालित पथरी नगर अस्पतालको मातहतमा राखि शरणार्थी शिविरमा रहेका व्यक्तिहरुलाई लक्षित र प्राथमिकतामा राख्ने गरी सम्पूर्ण व्यवस्थापन र संचालनको लागि सम्झौता भएको हो । भुटानी शरणार्थी सहायता तथा विश्वव्यापी नेपाली भाषा, कला, संस्कृति सम्बर्धन तथा प्रवर्धन परियोजना अन्तर्गत एम्वुलेन्स सेवा स्वास्थ्य सेवा केन्द्रमा नै राख्ने गरी शरणार्थी शिविरमा रहेका व्यक्तिहरुलाई निःशुल्क सेवा उपलब्ध गराउने भएको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख मोहनप्रसाद तुम्वापो र इन्ट्रा फाउण्डेनको तर्फबाट उपाध्यक्ष भूपालमान अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका गरेका छन् ।


85 पटक हेरिएको 








