शनिश्चरे । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले २५ लाख भन्दा मुनिका कुनै पनि विकास आयोजनाहरू प्रदेश सरकारले नल्याउने बताएका छन् ।
मोरङको पथरी शनिश्चरे वडा नं.४ मा गणेश अम्बिका प्रतिष्ठान सामुदायिक भवनको शिलान्यास गर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्य मन्त्री कार्कीले सो कुरा बताएका हुन् । पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापोले मुख्य मन्त्री कार्की समक्ष विगत ४/५ वर्षदेखि निर्माणाधिन मनमोहन गान्धी मार्गको वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्ये भई आवात जावतमा स्थानीय सर्वसाधारणहरूले समस्या झेलिरहनु परेको भन्दै विशेष पहल गरी दिन आग्रह गरे । यसैगरी नगर प्रमुखले पथरीशनिश्चरे नगरको ‘लाईफलाईन’ को रुपमा रहेको पथरी डायनिया सडक खण्डले सुनवर्षी नपादेखि पथरीशनिश्चरे हुँदै मिक्लाजुङ पाँचथर जोड्ने सडकको निर्माण कार्यमा पनि चासो राखिदिन अनुरोध गरे।
गणेश अम्बिका प्रतिष्ठान अध्यक्ष पर्शुराम कार्कीले अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं. ४ वडाध्यक्ष लोककिरण न्यौपानेले स्वागत मन्तव्य राखिएको कार्यक्रममा मोरङ क्षेत्र ३(१) का प्रदेश सांसद मानबहादुर लिम्बु, वडा नं. ८ का अध्यक्ष नविन कार्की, ९ का अध्यक्ष वीरबहादुर राई, वडा नं. ५ का अध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ३ का अध्यक्ष बिजय लिम्बु र प्रदेश सरकारका सहरी तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका ईन्जिनियर अजय श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।


115 पटक हेरिएको 












