धरान । जनता समाजबादी पार्टी नेपाल (जसपा) लिम्बुवान राष्ट्रिय समितिकाे आयाेजनामा ३ दिने राजनैतिक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएकाे छ ।

धरान स्थित लाङ्घाली सामुदायिक वन उपभाेक्ता समूहकाे सभा हलमा पुष १४ गते देखि जारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे ।
प्रशिक्षण कार्यक्रमलाई जसपा, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रदेश नं. १ का ईन्चार्ज रकम चेम्जाेङ, केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रदेश नं. १ का सह ईन्चार्ज पर्शुराम बस्नेत, केन्द्रीय कार्यकारिणी समिति सदस्य रनध्वाेज कन्द्ङवा, केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठ, केन्द्रीय सल्लाहकार प्रा.डा. महेन्द्र लावती, केन्द्रीय सदस्य खगेन्द्र माखिम, केन्द्रीय लेखा विभाग सदस्य दिलेन्द्र कुरुम्बाङले सहजीकरण गरेका छन् ।
प्रशिक्षणमा विधान बारे, संगठनात्मक कार्य पद्धति, पार्टीको आदर्श, संघवादका आधारभुत सिद्धान्त र समाजवादको नेपाली बाटो, संगठन सुदृढीकरण अभियान तथा कार्यान्वयन र पहिचानको आन्दोलन, राजनीतिकमा लैङ्गिक सशक्तिकरण तथा युवा, बिद्यार्थी र महिलाको भुमिका, समानुपातिक समावेशीता र निर्वाचन सम्बन्धित कानुनहरु, पार्टी निर्माण र विस्तार, लिम्बुवान प्रदेश निर्माणः इतिहास र औचित्य, पहिचानमा आधारित १० प्लस १ प्रदेशको संरचना (अबको नेपालको आठौं प्रदेश, लिम्बुवान प्रदेश) र पार्टी निर्माणको सवाल लगायत बिषयमा सहजीकरण गरिएको थियोे ।
प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु, राष्ट्रिय समितिका सदस्यहरु, स्वायत्त क्षेत्र समितिका प्रतिनिधिहरु, ताप्लेजुङ, ईलाम, पान्थर, तेह्रथुम, धनकुट्टा, झापा, मोरङ र सुनसरी जिल्लाका पदाधिकारीहरु, पालिका समितिका प्रतिनिधिहरु गरि १ सय ५० जनाकाे सहभागी रहेकाे राष्ट्रिय समितिका उपाध्यक्ष संन्जय राईले बताए ।
जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावतीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व प्रदेश मन्त्री जयराम यादव, केन्द्रीय सदस्य तथा पूर्व मन्त्री निर्मला तावा, केन्द्रीय सदस्यहरु दिपक मेन्याङ्बाे, भिम राई लगायतकाे आतिथ्यता रहेकाे थियाे ।



118 पटक हेरिएको 












