भूतपूर्व सैनिक सेवा संघको २४ औं वार्षिक साधारणसभा

१२ जना सम्मानित

पथरी । भूतपूर्व सैनिक सेवा संघ पथरी शनिश्चरेको २४ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार भएको सभामा १२ जनालाई सम्मान गरिएको छ । संघका जेष्ठ सदस्य सुबेदार ध्यान बहादुर राई, पृथ्वी लाल लिम्बु, हस्तवीर लिम्बू, देब बहादुर गुरुङ, जगत बहादुर राई, कमल कुमार मगर, डम्बरबहादुर विष्ट,  पदम  बहादुर तामाङ र भक्त बहादुर गुरुङ सम्मानित भएका छन् ।

त्यस्तै एकल महिला मिनाकुमारी गुरुङ, गोमा तामाङ र कुमारी गुरुङलाई पनि सम्मान गरेको छ । क्याप्टेन कुल बहादुर लिम्बू, संघका उपाध्यक्ष मान बहादुर थापा, भूपू सैनिक स्कुलका प्रीन्सिपल उपेन्द्र कडेल, बिद्यालय व्यवस्थापन समितिका भूतपूर्व अध्यक्ष लक्ष्मीप्रसाद श्रेष्ठ, वर्तमान अध्यक्ष धन बहादर रानाले शुभकामना मन्तव्य राखिएको कार्यक्रममा संघका सचिब अमृत गुरुङको संचालन तथा अध्यक्ष दिलबहादुर तामाङको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सस्थाको विभिन्न प्रतिवेदन पारित गरिएको थियो । २०५६ साल पुषमा स्थापना भएको संघमा हाल १ सय २८ सदस्य रहेकोे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार