मुक्कुमलुङबाट सरकारले हात झिक्नुपर्दछ: युवा मंच

पथरी । याक्थुङ युवा मंचले धर्मनिरपेक्षताको मर्म, सिद्धान्त मुताविक मुक्कुमलुङबाट सरकारले हात झिकेर सम्बन्धित समुदायलाई जिम्मा दिनुपर्ने बताएको छ ।

मङ्लबार प्रेस विज्ञप्ती जारी गर्दै मंचले सरकारलाई सो सुझाव दिएको हो ।`धर्म निरपेक्षताको मर्म, सिद्धान्त मुताविक मुक्कुमलुङबाट सरकारले हात झिक्नुपर्दछ र सम्बन्धित समुदायलाई जिम्मा दिनुपर्दछ ।´ मंचले भनेको छ, `अतः मुक्कुमलुङमा केबलकार बनाउने सपना कसैले नदेखे हुन्छ । केबलकार निर्माण खारेजीको लागि हामी युवाहरु जस्तोसुकै बलिदानीपूर्ण लडाइँ लड्न तयार छौं ।´ सरकार र सम्बद्ध पक्षले बेलैमा केबलकार निर्माण योजना खारेज नगरे यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकार र स्वयं कम्पनीले लिनुपर्ने चेतावनी मंचले दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार