इलाम । `आदिवासी याक्थुङ/लिम्बु साँस्कृतिक महोत्सव २०८०’ फागुन २४ र २५ गते हुने भएको छ।
किरात याक्थुङ चुम्लुङ (कियाचु) संघीय कार्य समिति एवम् आदिवासी याक्थुङ/लिम्बु सांस्कृतिक महोत्सव मूल आयोजक समिति इलामको आयोजना र चुम्लुङ जिल्ला कार्य समिति इलामको व्यवस्थापनमा महोत्सव हुने भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । नारी विकास संघ इलामको कार्यालय अग्रभागमा रहेको खुल्ला मैदानमा भेला भएर साँस्कृतिक झाँकी सहित हजारौको संख्यामा नगर परिक्रमा गरी कार्यक्रमस्थल इलाम चोक बजारमा उद्घाटन समारोह सम्पन्न हुनेछ । आदिवासी लिम्बु समुदायको संस्कृति संरक्षण, प्रवर्धन एवम् नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना हुने साँस्कृतिक महोत्सवको रुपमा सयौं च्याब्रुङ नृत्य (केःलाङ) लगायतका सांस्कृतिक प्रर्दशनसहित महोत्सव सम्पन्न हुने आयोजकको भनाइ छ ।



150 पटक हेरिएको 








