पथरी । मोरङको पथरी शनिश्चरे ७ लामाटोल स्थित सुम्निमा होटलमा हत्या भएको खबर प्राप्त भएको छ ।
सोमबार राती ९:४५ बजेको समयमा स्थानीय पन्चायत माध्यमिक बिद्यालयमा अध्ययनरत वर्ष १५ की ज्ञानमति राईको हत्या भएको हो । राईलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नवराज कार्की आफै स्थलगत अनुसन्धान पुगेका छन् । घर पछाडी रहेको शौचालय जाने क्रममा अपरिचित ब्यक्तिले पछाडीबाट धारिलो हरियारले प्रहार गर्दा बालिकाको घटनास्थलमा मृत्यु भएको थियो ।
२०६६ साल साउन १५ गते जन्मिएकी राई, आफन्त लामाटोलमा बसेर अध्ययनरत थिइन् । राती नै प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरेको गर्यो ।
प्रतिनिधि सभाका सदस्य सुनिल शर्माले ज्ञानकुमारी राईको हत्याको सत्यतथ्य छानबिन गरि कारबाहीको दायरामा ल्याउन माग गरेका छन । शर्माले फेसबुकमा स्टाटस लेख्दै घटनाले दुखी बनाएको भन्दै कारबाहीको माग गरेका हुन् ।


78 पटक हेरिएको 








