पत्रकार महासंघ मोरङ नेतृत्वको बारेमा भ्रममा नपर्न आग्रह 

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराईले भ्रममा नपर्न आग्रह गरेका छन् ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी कार्यवाहक अध्यक्ष भट्टराईले नेपाल पत्रकार महांसघ केन्द्रीय समितिले विधानको दफा ४३ अनुसार विधानको व्याख्या गरीे पठाएको र प्रदेश समितिले शाखालाई त्यस विषयमा जानकारी गराइसकेको अवस्थामा अनाधिकृत व्यक्तिले कार्यबहाक अध्यक्ष म हुँ भन्दै दाबी गर्नु हास्यास्पद, लज्जास्पद, र अमर्यादित भएको उल्लेख गरेका छन् ।कार्यवाहकको विषयमा विवाद उत्पन्न भएपछि खुला उपाध्यक्ष मोहन भट्टराईले प्रदेश समिति र केन्द्रीय समितिमा विधान बमोजिम आफूले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनु पर्ने माग गर्दै उजुरी दिएका थिए । भट्टराईको उजुरी उपर छलफल गरी केन्द्रीय समितिले गत असोज ९ गते जिल्लाको हकमा खुला उपाध्यक्ष नै कार्यवाहक हुने निर्णय गरेको थियो । तर, त्यसलाई महिला उपाध्यक्षलगायतले अस्वीकार गर्दै केन्द्रीय समितिले गरेको विधानको ब्याख्या विपरीत क्रियाकलाप गर्दा समाजमा भ्रम सिर्जना भएको भन्दै भट्टराईले महासंघसँग सहकार्य गर्ने सबैलाई आधिकारिक नेतृत्वसँग जोडिन र भ्रममा नपर्न आग्रह गरेका हुन् ।

बिधानमा के छ ?

नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) परिच्छेद ५ को दफा २२ (१) मा अध्यक्षको अनुपस्थितिमा बरिष्ठ उपाध्यक्ष कार्यबहाक अध्यक्ष हुने ब्यवस्था रहेको छ ।

संघसस्था दर्ता ऐन अनुसार काठमाडौंमा दर्ता भएर चलिरहेको महासंघका शाखाका सदस्यले विधान र केन्द्रीय समितिको निर्णय विपरीतका गतिविधि गर्नु विधानको दफा ३२ विपरीतको अनुशासनहीन कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार