माङ्गेना यकको भेलाले जारी गर्‍यो घोषणा पत्र

याङ्यरक(पाँचथर) । जिल्लाको याङवरक गाउपालिका, फलैचामा ६४ वटा थरगत सँस्थाहरुको माङगेन्ना यक सम्बन्धि ऐतिहासिक भेला तथा पुजा सम्पन्न भएको छ ।

फलैचामा रहेको यस यकलाई वेघा, योङया, सेलिङ, माङमु, यक्पाङदेन लगायत ६४ वटा लिम्बू थरिहरुले माङगेन्ना यकको रुपमा मान्ने गर्दछन् । भेलाको उदघाटन समारोह याङवरक गाउपालिकाका अध्यक्ष भिमबहादुर (सुवास) योङयाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष योङयाले पालिकाभित्र रहेको ऐतिहासिक स्थलहरुको संरक्षण, सम्वद्र्धनको लागि पालिका सधै लागिपर्ने वताए ।  उनले ६४ वटा लिम्बू थरीहरुले साँझा रुपमा मान्दै आएको माङगेन्ना यक स्थलको संरक्षणको लागि पालिकाकाले आगामी वजेटमा सम्बोधन गर्ने आश्वासन दिए ।

उद्घाटन समारोहमा याङवरक २ नम्बर वडाका वडाध्यक्ष देउकुमार योङया, ४ नम्बर वडाका वडाध्यक्ष सविन मावो, सिदिङवा गाउपालिका २ नम्बर वडा ताप्लेजुङका वडाध्यक्ष पुर्ण माङमु, नेपाली काँग्रेसका प्रतिनिधि राजेन्द्र तिम्सिना, नेकपा एमालेका लक्ष्मि चिमोरियालगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा माङगेन्ना यकको बारेमा मुन्धुमविद महेन्द्र सेलिङले प्रकाश पारे । भेलाले  ६ बुद्वे फलैचा घोषणा–पत्र जारी गर्दै शनिबार सम्पन्न भएको हो ।

के छ ६ घोषणा–पत्रमा?
याङवरक २ फलैचा, साविक फलैचा गाविस वडा नम्बर २ बखम्बेमा रहेको माङगेन्ना यकको प्रवर्धनका लागि कम्तीमा तीन वर्षमा एक पटक यक मान्ने थरीहरुको व्यापक भेला गरि पुजासहितको बृहत कार्यक्रम आयोजना गर्ने, यक स्थलको संरक्षणको लागि यक स्थल आवतजावतामा सहजताका लागि यक स्थलको मौलिकतामा कुैनपनि असर नपर्ने गरि बाटोहरु निर्माण गर्ने, माङगेन्ना यक स्थलको अर्थ र महत्वलाई उजार गर्दै भाबी पुस्तालाई समेत ज्ञान हस्तान्तरण हुनेगरि याङवरक गाउपालिका गाउँकार्यपालिकाको कार्यालय थर्पु पाँचथरलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न ज्ञापन–पत्र हस्तान्तरण गर्ने।

बेघाको नेतृत्वमा माङगेना लुङ संरक्षण तथा प्रवर्द्धन समिति गठन 
सोहि भेलाले मचिन्द्र प्रसाद बेघाको अध्यक्षतामा माङगेना लुङ संरक्षण तथा प्रवर्द्धन समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा महेन्द्र सेलिङ, सचिवमा श्रवण कुमार योङया, सहसचिवमा मानप्रकाश नुगो र कोषाध्यक्षमा चन्द्रवीर माङमु चयन भएका छन् । सदस्यहरुमा सविन माबो, देउ कुमार योङहाङ, राजकुमार योक्पाङदेन रहेको समितिले वताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार