खेलाडीहरुको दुर्घटना वीमा गरिदिने

सखुवारा। पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले वडाका १९ वर्ष सम्मका खेलाडीहरुको खेल खेल्दा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना वीमा गराइदिने भएको छ ।

खेलाडीले एक पटक घाइते हुँदा एक लाख सम्मको वीमा बापत भुक्तानी पाउनेछन् । वडाका फुटबल मैदानमा फुटबल अभाब हुन नदिने, भलिबल खेलाडीहरुलाई बल, नेट, जर्सी उपलब्ध गराउने, तत्काललाई खेल्न खाचो नहोस भनी समाल डाडा मैदानमा ४ थान, बुद्ध माबि मैदानमा ४ थान र महिला फुटबल खेलाडीहरुलाई एक थान फुटबल वितरण गरिएको छ ।
यस्तै महिला फुटबल खेलाडीहरु जो नेपाललाई समेत प्रतिनिधित्व गरेर आउनुभयो र क्लबहरुबाट नि खेल्दै हुनुहुन्छ प्रोत्साहन स्वरुप आशिका कार्की र ऋतिका कार्की लाई फुटबल खेल्दा आवश्यक जुत्ता, मोजा, प्याड उपलब्ध गराउने भएको छ भने क्रिकेट अभ्यासका लागि नेट जाली निर्माण गर्ने वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार