नेपालको संविधान, २०७२: समीक्षा, संशोधन र पुनर्लेखनको आवश्यकता

✍️उपेन्द्र यादब सङ्घीयता, समानता, लोकतन्त्र, पहिचान, समानुपातिक प्रतिनिधित्व र न्यायका लागि मधेशी समुदायहरू सडकमा शान्तिपूर्ण प्रदर्शन गरिरहेको अवस्थामा निहत्था प्रदर्शनकारीहरूमाथि राज्यले क्रूरतापूर्वक हिंसा, हत्या र दमन गरेर संविधान, २०७२ जारी गरेको भन्ने आरोप र असन्तुष्टि मधेशी समुदायमा रहँदै आएको छ। उक्त घटनाको ...

हसन्दह नामकरणको ऐतिहासिक तथा सांस्कृतिक पृष्ठभूमि

पूर्वी नेपालको मोरङ जिल्लामा अवस्थित हसन्दह ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो। हाल यो क्षेत्र पथरी शनिश्चरे नगरपालिकामा गाभिएको छ। हसन्दह नाम कसरी रहन गयो भन्ने विषयमा स्थानीय धिमाल पुर्खाहरूबाट पुस्तौँदेखि सुनिँदै आएका किम्वदन्ती तथा मौखिक इतिहासहरू प्रचलित छन्। ती जनश्रुतिहरूले यस क्...

आवश्यकता अनुसार जनशक्ति खटाइरहने छौं: प्रधानमन्त्री शाह

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु हामी रसुवाका भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणबाट अगाडि बढ्दै पुनःस्थापनातर्फ अग्रसर भइरहेका छौँ। यस क्रममा आज पनि देखाउनुभएको अभूतपूर्व साहस, धैर्य, साथ, सहयोग र सहजीकरणका लागि संघ, प्रदेश र स्थानीय तह, सुरक्षाकर्मी, राजनीतिक दल, जनप्रतिनिधि, स्थ...

मनोवल बढाउने गरी सूचना प्रवाह गरिदिन हुन अनुरोध समेत गर्दछौं: प्रधानमन्त्री बालेन शाह

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्‍याएकोप्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील छ। बाढी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको छ। संघ...

सोलोई : धिमाल समुदायको परम्परागत रङ्ग वनस्पति

धिमाल समुदायको मौलिक जीवनशैली, सीप, ज्ञान र परम्परासँग प्रकृतिको गहिरो सम्बन्ध रहँदै आएको छ। यही प्राकृतिक ज्ञानको एउटा महत्वपूर्ण उदाहरण हो—‘सोलोई’। धिमाल भाषामा सोलोई भनेर चिनिने यस वनस्पतिलाई धिमाल समुदायमा परम्परागत रूपमा धागो तथा कपडामा रङ्ग लगाउन प्रयोग गरिँदै आएको पाइन्छ। विशेषगरी धिमाल महिलाहरूले घरेलु तानबाट ब...

बुरुमखिम गाउँ (सम्झाना, सडक र विकासको कथा)

-भूपेन्द्र खुदाङ लिम्बू हिउँद्को महिना चिसो तर बिहान झुल्कन्दो घामसँगै दिनतिर समय लाग्दा वारीपारि देखिन्ने गाउँ र सडक, विजुली बत्तीको लहरहरुले फेरेको विकास तरेलीहरु र सम्भावनाहरु देख्दा एक्दमै रमाइलो र न्यानो अनुभव हुन्थ्यो । यसपाली माघको दोस्रो सातातिर एउटा दुःखद् काम सुद्धाईको काममा बुरुमखिम गाउँ पुगेको थिएँ । तत...

किन ! १८३१ को लिम्बुवानसँगको सन्धिलाई महत्त्वपूर्ण मानिएको हो ?

वि.सं. १८३१ साउन २२ मा तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानको क्रममा लिम्बुवान क्षेत्रका लिम्बु शासक तथा सुब्बाहरूबीच भएको भनिने "नुन पानी सन्धि" वा "लालमोहर" नेपालको राजनीतिक इतिहासको अत्यन्त महत्त्वपूर्ण घटनामध्ये एक मानिन्छ। यस सन्धिसँग सम्बन्धित मूल कागजातको प्रामाणिकता, उपलब्ध प्रतिल...

गणेश नेपाली घटना: मनमा एउटै प्रश्न घुमिरहयो

सिंहदरबारबाट बाहिरिँदै गर्दा सञ्चारकर्मी साथीहरूले मलाई घेरेर गणेश नेपालीको घटनाबारे केही प्रश्न गर्नुभयो। तत्काल मनमा आएका केही कुरा राखेँ। तर त्यहाँबाट फर्किएपछि ती प्रश्नहरूले मलाई छाडेनन्। धेरै बेरसम्म मनन गर्दा मनमा एउटै प्रश्न घुमिरह्यो हामी साँच्चै अघि बढ्यौँ, वा घटनाहरू मात्र फेरिए, हाम्रो यथार्थ उही ठाउँमा ...

आदिवासी धिमालको विशेष स्वायत्त क्षेत्रहरू

१. प्रस्तावना (Introduction) नेपालको आदिवासी जनजातिहरूमध्ये धिमाल समुदाय एक ऐतिहासिक, सांस्कृतिक र भाषिक रूपमा विशिष्ट पहिचान भएको समुदाय हो । पूर्वी नेपालको तराई क्षेत्र (विशेषगरी झापा, मोरङ, इलाम, र सुनसरी) मा धिमालहरूको बसोबास धेरै पुरानो समयदेखि रहँदै आएको छ । वर्तमान अवस्थामा धिमाल समुदायले आफ्नो मौलिक भाषा, ध...

हाङ्पाङ हेल्थ पोष्टमा सूचनाको हकमाथि खेलबाड भयो

ताप्लेजुङ जिल्ला हाङपाङ हेल्थ पोष्टमा सूचना बङ्ग्याएर जनताको सुसूचित हुने हकमाथि खेलवाड गरिएको पाइएको छ। उक्त हेपोको कक्षमा टाँसिएको एक सूचनापाटीमा स्थापनाकालदेखि हालसम्म त्यहाँ कार्यरत हेल्थपोष्ट इञ्चार्जहरूको नामावली भनी बीचको अवधिदेखिका नामावली मात्र राखेर स्थापनाकालदेखिका भनी जनता झुक्याउने काम भएको छ। हालै स्थानी...