पथरी। पथरी शनिश्चरे वडा नं. १० मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम उद्यमशिलता विकास तालिमको समापन भएको छ ।
वैशाख २२ गतेदेखि सञ्चालन भएको सो तालिमको आज नगर उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो । औपचारिक कार्यक्रम नगरका लघु उद्यम शाखाको सहजकर्ता भगवती कटुवालले सञ्चालन गरिन्। अध्यक्षता वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा रहेको थियो । यसैगरी समापन कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा सदस्य मिना योञ्जन लगायत वडावासीहरुको उपस्थिति रहेको थियो । तालिममा सहभागीका तर्फबाट अस्मिता विश्वकर्माले तालिमका विषयमा आफ्ना कुरा राखिन भने तालिमको सहजीकरण अरुणा राईले गरेकी थिइन् ।


5 पटक हेरिएको 












