दोश्रो थोक फेल्ला खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि मिक्लाजुङ पान्थरलाई

थोक फेल्ला(मोरङ) । थोक फेल्ला सेवा समाज (पथरी शनिश्चरे ३)ले आयोजना गरेको दोश्रो थोक फेल्ला खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि मिक्लाजुङ पान्थरले चुमेको छ।
शनिबार भएको फाइनलमा धरान भेट्रानलाई टाइब्रेकर हराउँदै उपाधि रक्षा गरेको हो । खेलको ३ मिनेटमा मिक्लाजुङ्का अशोक राईले जाली चुमाइ अग्रता दिलाए । ११ औं मिनेटमा राईले पुनः दोश्रो गोल गर्दै बिपक्षीलाई २-० गोल अन्तरमा पुर्‍याए । तर धरानका तारा कुमार तामाङ्ले १४ औं मिनेटमा गोल गर्दै टिमको लागि खाता खोले ।उनै तामाङले दोश्रो हापमा दोस्रो गोलको योगदान गर्न सफल भए । अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेल ट्राइबेकरमा पुग्यो । अन्ततः ट्राइबेकरमा ५-३ गोल अन्तरले मिक्लाजुङ विजयी बन्यो ।
खेलको वेष्ट डिफेन्डर धरानका अनिल चुडाल, हाइ स्कोरर खेम पोख्रेल हुन सफल भएका थिए । वेस्ट किपर मिक्लाजुङका रबिन राई, म्यान अफ द म्याच सन्तोष शेर्मा र वेस्ट प्लेयर पारस मिभक घोषित भएका छन् । खेलको विजेताले नगद ३० हजार र उप विजेताले नगद २० हजार , ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरे । कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे वडा नम्बर ३ का अध्यक्ष विजय लिम्बुलगायतले पुरस्कर वितरण गरेका थिए ।
माघ २ गतेदेखि सुरु वडा खेलकुद महोत्सव अन्तर्गत शुक्रबार ६ खेल भएको छ । दुई टिम सहभागी महिला लुङ्गी कपमा थोक फेल्ला लुङ्गी टिमले वाजी मार्‍यो । थोक फेल्लाले सिरिजङ्गा लुङ्गी टिमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बालबालिकाबिच भएको म्युजिकल चेयर प्रतियोगितामा अदित राई प्रथम, इमान घिमिरे दोस्रो र जेनिश फुयल तेस्रो भएका छन् । डोरी तनाइ स्पर्धामा त्रिवेणी युवा क्लबले आयोजनालाई पछि पार्‍यो । त्यस्तै ५ टिम सहभागी भलिबल प्रतियोगिता आयोजकले जित्यो । उस्ले जनता माध्यमिक बिद्यालयलाई पाखा लगाउन सफल भयो । आयोजकले २५-१०, २५-१३ को सोझो सेटमा हराउँदै उपाधि रक्षा गरेको हो । कराते प्रतियोगिता पनि भएको थियो । सबै खेलको विजयीहरुलाई आजै पुरस्कृत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार