पथरी । विश्व क्षयरोग दिवस को अवसरमा पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाले सचेतनामूलक र्याली आयोजना गरेको छ ।
आज ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नारा अंकित ब्यानरसहित स्वास्थ्य शाखाको नेतृत्वमा ¥याली निकालिएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य लगायत नगरका स्वास्थ्यकर्मी तथा विभिन्न शाखाका कर्मचारीहरु, नगर प्रहरी र नेपाल प्रहरीको सहभागिता रहेको थियो । नगरपालिकाको कार्यालयबाट सुरु भएको र्याली पथरी बजार परिक्रमा गर्दै पुनः समापन गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।


12 पटक हेरिएको 







