पथरी । पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा कला साहित्य प्रवर्द्धन समितिको आयोजनामा बिहीवार नाट्य कार्यशालाको उद्घाटन गरिएको छ ।
कार्यशालामा नगरका २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । काठमाडौंस्थित शिल्पी थिएटरका घिमिरे युवराजले प्रमुख प्रशिक्षकको जिम्मेवारी लिएका छन् । कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष नैना राई, कार्यपालिका सदस्य विरध्वज शिवा, वडा सदस्यहरू तथा पथरी शनिश्चरेका साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो ।
कार्यशालाको समापन जेठ १६ गते हुने कला साहित्य प्रवर्द्धन समितिका अध्यक्ष धनराज राई (अमिर)ले जानकारी दिए।


20 पटक हेरिएको 







