लेटाङ(मोरङ) । मोरङको लेटाङ नगरपालिका–७ वाराङ्गी कोलाघारीबाट प्रहरीले भरुवा बन्दुक तथा बन्दुकमा प्रयोग हुने सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सोही स्थान बस्ने ४५ वर्षीय पूर्ण लावती लिम्बू रहेका छन्। प्रहरीले लावतीले आफ्नै घरमा भरुवा बन्दुक बनाई बिक्री–वितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली खटाएको थियो। प्रहरी टोलीले कानुनबमोजिम घर खानतलासी गर्दा घरमा लुकाइछिपाइ राखेको अवस्थामा तयारी अवस्थाको भरुवा बन्दुक थान–१, दबासवाला बन्दुक थान–१, हातहतियार निर्माण गर्ने आरन तथा भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न पार्टपुर्जाहरू बरामद गरेको प्रहरीले जनाएको छ। बरामद सामग्रीसहित लिम्बूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा थप अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


25 पटक हेरिएको 












