पथरी शनिश्चरे गोल्डकप: उपाधि नेपाल पुलिस क्लबलाई

पथरी । प्रस्तावित रंगशालामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकपको उपाधि नेपाल पुलिस क्लब काठमाडौंले जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि उचालेको हो। ट्राइब्रेकर अघि खेल २-२ गोलमा टुङ्गिएको थियो  । खेलको २५ औं मिनेटमा जोन बिष्टले गोल गर्दै पुलिसलाई अग्रता दिलाए तर, झापा ११ का प्रशान्त लक्समले ४६औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

पुलिसका सुवास थारुले फ्रीकिक मार्फत दोश्रो हापको  ३४ औं मिनेटमा गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। लगत्तै  ३६ औं मिनेटमा  झापा ११ का आशिष चापागाईंले  गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याए।

उपाधि विजेता नेपाल पुलिस क्लबले नगद ६ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता झापा–११ फुटबल क्लबले नगद ३ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ।प्रतियोगितामा प्लेयर अफ दि टुर्नामेन्ट नेपाल पुलिसका सुजन मगर पुलामी घोषित भए भने बेष्ट गोलकिपर नेपाल पुलिस क्लबकै अमित टमाटा बने। यसैगरी, राइजिङ प्लेयरका रूपमा पथरी -११ एफसीका विशाल पुलामी मगर घोषित भएका छन् भने खेल अवधिभर सर्वाधिक गोलकर्ता झापा ११ एफसीका प्रताप राई घोषित भएका हुन्।
असोज १७ गतेदेखि सुरु, ८ टिम सहभागी भएको गोल्डकप पथरी–११ फुटबल क्लबले आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार