हिजो आज सगरमाथा होचिएको देख्छु,
गोर्खालीको खिल्ली उडाई घोचिएको देख्छु।।
नाम कमाउने बाहानामा बिदेशीको सिको गर्दै,
नेपाली भेषभुषा लगाउन रोकिएको देख्छु।।
बढ्दैछ झन् झन् बैदेशिक पलायन,
महिला पुरुष नै खाडीमा जोतिएकै देख्छु।।
ब्यापार बढ्दै गयो आज आफ्नै श्रम बेच्ने,
युवाको पसिना बाहिर नै पोखिएको देख्छु।।
मानबताले छुट्याउँछ पशुभन्दा फरक,
तर मनिस नै पशु सँगै जोखिएको देख्छु। ।


5 पटक हेरिएको 












