पथरी शनिश्चरे गोल्डकप: उपाधि ब्रिगेड ब्वाइज ललितपुरद्वारा रक्षा

फिपराज बेघा

पथरी । मोरङको पथरीमा सञ्चालित अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप-२०८१ उपाधि ब्रिगेड ब्वाइज ललितपुरले चुमेको छ।

शनिवार जाते मोडमा भएको खेलमा संकटा क्लब काठमाडौँलाई ट्राइवेकरमा पराजित गर्दै विजय हासिल गरेको हो। ट्राईबेकरमा ५-३ को गोल अन्तर भएको थियो । गोल्ड कपको विजेता ब्रिगेडले तीन लाख र उपविजेता संकटाले दुई लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ ।

बुधवार भएको खेलमा संकटाले टाईब्रेकरमा आयोजक पथरी ११ लाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । बिहीबार भएको दोस्रो सेमिफाइनलमा झापा ११ लाई ब्रिगेड ब्वाइजले टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

८ टिम सहभागी भएको पथरी शनिश्चरे गोल्ड कप २०८१ असोज ५ गते शनिवारदेखि भएको थियो । असोज ५ गते आयोजक इन्ट्रा पथरी ११ फुटबल क्लब मोरङ र पाँचथर क्लब, ६ गते झापा फुटबल क्लव झापा र धरान सिटि फुटबल क्लब , ७ गते U K F C भारत र संकटा क्लब काठमाडौ , ८ गते ब्रिगेट वोइज क्लब काठमाडौं र सहलेश युबा क्लब सिरहा वीच खेल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार