दोस्रो पथरी शनिश्चरे गोल्डकप: आज फाइनलमा उपाधि कस्ले चुम्ला?

पथरी । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२ को उपाधिका लागि आज आयोजक पथरी ११ फुटबल क्लब र सिराहाको सहलेस युवा क्लबबिच प्रतिस्पर्धा गर्दैछ ।

बिहिवार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक पथरी ११ फुटबल क्लबले एनआरटी फुटबल क्लब काठमाडौलाई १-० गोल अन्तरले जित्दै उपाधि नजिक पुग्यो । अर्को टिम सलहेस बुधबार  भएको पहिलो सेमिफाइनल खेलमा पाँचथर क्लब फिदिमलाई ४-१ गोल अन्तरले पाखा लगाउदै फाइनल पुग्ने पहिलो टिम बन्न पुग्यो ।

८ टिम सहभागी गोल्डकपको विजेता र उपविजेताले क्रमश: ५ लाख र २ लाख ५० हजार रूपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ। गत कार्तिक १५ गतेदेखि सुरु गोल्डकप जातेमोड पथरीमा भइरहेकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार