निक धिमालद्वारा सहयोग

दमक(झापा )। विदेशमा रहेर पनि मातृभूमि र समुदायप्रति सामाजिक उत्तरदायित्व वहन गर्ने उदाहरणीय व्यक्तित्वका रूपमा दुवईमा बसोबास गर्दै आएका निक धिमाल चर्चामा छन् ।

बिर्तामोड निवासी हरि नुनिया धिमालका माहिलाे छोरा निक धिमाल हाल दुवईमा व्यवसाय सञ्चालन गर्दै आएका छन्। आफ्नो व्यवसायबाट हुने कुल आम्दानीको १० प्रतिशत रकम दुवईमा कार्यरत नेपाली मजदुरहरूलाई सहयोगका रूपमा वितरण गर्दै आएका हुन् । निक धिमाल युकेस्थित “यूके प्रोपर्टी डिलर” कम्पनीका मालिक (Owner) हुन् । हाल दुवईमा पनि रियल स्टेट व्यवसाय सञ्चालन गर्दै आएको वताएको छ । समुदायका अगुवा, बुद्धिजीवी तथा समाजसेवीहरूले उनको योगदानको उच्च प्रशंसा गर्दै यस्तो उदाहरणीय कार्यले धिमाल समाजको प्रतिष्ठा, ऐक्यबद्धता र मानवीय भावना झल्काएको बताएका छन्। यस प्रकारका सहयोगी कार्यहरूले विदेशमा रहेका नेपाली समुदायबीच सहयोग, सहानुभूति र एकताको सन्देश फैलाउने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार