‘ए मेरी माया…’ म्युजिक भिडियो सार्वजनिक

पथरी । नेपाल पत्रकार महासङघ मोरङका जिल्ला सदस्यसमेत रहेका ईश्वर दुलालले तयार पारेको ‘ए मेरी माया…’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । एकोहो प्रेममा परेको युवकले मनमा दबिएका भावनाहरू आफ्नो प्रिय व्यक्तिसमक्ष पोख्ने कथालाई मार्मिक ढङ्गमा गीतले प्रस्तुत गरेको निर्देशक दुलालले जनाए छ । शब्द तथा आवाज प्रभात किरण खरेल रहेकोे गीतमा मोरङको चर्चित रमणीय स्थान रमिते क्षेत्रमा छायांकन गरिएको छ । गीतको एरेञ्ज, मिक्स र मास्टरिङ सविन कार्कीले गरेका छन् । म्युजिक भिडियोलाई विशाल थापाले छायांकन गरेका छन् भने सम्पादन दिलशन शाहले गरेका हुन् ।

भिडियोः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार