पथरीकी सरु ५१ हजारसहित सम्मानित 

दुधे(झापा)। पथरी शनिश्चरे मोरङकी राष्ट्रिय महिला फुट्बल खेलाडी सरु लिम्बू (इजम) शिवसताक्षी (झापा)मा सम्मानित भएकी छिन् ।

शनिबार सरुलाई वाराबाहाङ(फोजिवा) थिकहुम सङ्जुम्भो इजम सयङले नगद ५१ हजार सहित सम्मान पत्रले सम्मानित भएकी हुन् । हाल सरु लिम्बु APF क्लबमा आवद्ध रहि मिड्फिल्डरको भुमिका निर्बाह गर्दै आएकी छिन । खेलाडी सरु लिम्बुले फुट्बल खेलको मध्यमबाट इजम समुदायको प्रतिनिधित्व गर्दै देश बिदेशसम्म नाम राख्न ठुलो योगदान गरेको भन्दै उक्त सम्मान गरिएको उपाध्यक्ष नबिन इजमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार