पथरी । हरियाली सामुदायिक वन लिमिटेड पथरी शनिश्चरेले आर्थिक वर्ष २०८२/०८३ मा पौडी पोखरीबाट ४० लाख ९९ हजार ४ सय ९० आम्दानी गरेको छ ।
आइतबार भएको लिमिटेडको ५ औं साधारण सभामा सो जानकारी गराएको हो । गत आर्थिक वर्षमा पौडीबाट ४४ लाख ८७ आम्दानी गरेको थियो । पौडी पोखरी शुल्कबाट लिमिटेडले आर्थिक वर्ष २०८३/०८४ मा ४३ लाख आम्दानी गर्ने लक्ष्य लिएको अध्यक्ष अध्यक्ष दिलबहादुर तामाङले बताएका छन् । कार्यक्रममा हरियाली वनका अध्यक्ष काबुल बहादुर मगर, पथरी शनिश्चरे ७ नम्बर वडाका अध्यक्ष उद्द्वराज बस्नेत, सस्थापक अध्यक्ष देबि भेट्वाल, पूर्व संचालक सदस्य गणेश बाछानालगायतले शुभकामना मन्तव्य राखेका छन् । सभाले अध्यक्षको वार्षिक प्रतिवेदन पास गरेको छ । लिमिटेडमा ९ सय ३५ सेयर धनी रहेको बताइएको छ ।


12 पटक हेरिएको 










