पथरी ।‘समुन्नत कृषि तथा पशुपन्छी पालन, समृद्ध नगर सम्पन्न किसान’ भन्ने मूल नाराका साथ निःशुल्क पशु स्वास्थ्य तथा वाझोपन निवारण शिविर सम्पन्न भएको छ ।
शुक्रबार पथरीशनिश्चरे वडा नं. १० मा सचालन भएको सो शिविरमा ३ सय ६८ सेवाग्राहीले लाभ लिएका थिए । पथरीशनिश्चरे कृषि तथा पशुपन्छी शाखाको आयोजना भएको सो कार्यक्रममा वडा अध्यक् जीवन खतिवडा, वडा सदस्य वीरबहादुर बस्नेत, नेभ्ला पारा भेटेरीनरी इकाई समिति अध्यक्ष अर्जुन काफ्ले, शाखा प्रमुख पर्वत साह, गणेशप्रसाद शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।


187 पटक हेरिएको 








