मङ्सिर ५ गते विराटनगरमा अग्रगामी मोर्चाको कार्यक्रम हुने

बिराटनगर । अग्रगामी मोर्चा प्रदेश नम्बर १ समन्वय समितिले आगामी मंसिर ५ गते विराटनगरमा कार्यक्रम आयोजना गर्ने भएको छ।

मोर्चाले मंसिर ५ गते शनिबार बिहान ११ः३० बजे विराटनगर–१२ स्थित पञ्चाली रोडको कञ्चनजङ्घा पार्टी प्यालेसमा कार्यक्रम गर्ने बताएको छ ।  बिराटनगरमा बसेको अग्रगामी मोर्चाको प्रदेश न.१ स्तरीय बैठकले मंसिर ७ गते गौरीगन्ज, झापा र  मंसिर ८ गते धरान, सुनसरीमा कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । कार्यक्रममा मोर्चाका घटकका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई सहभागी हुन आह्वान गरिएको मोर्चाका आबद्ध जनता समाजबादी पार्टी नेपालका प्रदेश अध्यक्ष दिपक याक्खा बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार