माङसेबुङ(इलाम)। किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ सुरु भएको छ । सोमबार आयोजक टिम माङसेबुङ गाउँपालिका इलाम र नवदीप युवा क्लब मिक्लाजुङ मोरङबीच उदघाटन खेल भयो । खेलमा मिक्लाजुङले १-० अन्तरले विपक्षी आयोजकलाई पाखा लगायो । विजयी टिमकी तर्फबाट इन्जुरी समयमा जर्सी नम्बर १० की पुणर्िमा राईले १ गोल गर्दै विजयी सुरुवात गरेको छ । खेलको म्यान अफ द म्याच राई नै घोषित भइन् ।
मंगलबार रोयल स्पोर्टिङ क्लब दमक झापा र एफ.एफ.सी. दार्जिलिङ भारतबीच खेल हुनेछ । खेलमा नेपाल र भारतका १० महिला फुटबल टिमहरुले प्रतिस्पर्धा गर्ने छन् । खेलका विजेताले नगद रु. दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले रु. एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् । प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी कृषि समिति हङकङले सौजन्य गरेको छ ।
आत्म पवित्र हक्चात यक्चुमले आयोजना गरेको कपल फागुन ३ गने सम्म प्रस्तावित आङमानन्द रंगशालामा संचालन भइरहेको छ ।


185 पटक हेरिएको 












