सिरिजङ्गा चोक(पथरी) । मोरङ्को पथरी शनिश्चरे-३ स्थित येले मेला परिसरमा रोटेपिङ बनिदैछ ।
मुन्धुममी मा चुम्लुङ्ले काठको रोटेपिङ बनाउन लागेको हो ।आइतबार रोटेपिङ्को लागि श्रमदानमार्फत खम्बा गाडिएको र खम्बा राम्रोसँग सेट भएपछि पिङ्को अन्य सामाग्री जोडिने चुम्लुङ्ले जनाएको छ । रोटेपिङ्को लागि हरियाली सामुदायिक बनले ७० क्युफिट , चौतारी बनले १४ क्युफिट , भुल्के सुन्दर सामुदायिकले ११ क्युफिट र स्थानीय स्रोतबाट ४३क्युफिट अनुदान सहयोग गरेको बताइएको छ ।


29 पटक हेरिएको 












