माङसेबुङ(इलाम)। ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङले ‘पवित्रहाङमा कप २०७९’ मा शुक्रबार माउण्ड एभरेष्ट स्पोटिङ क्लब सुनसरीलाई पराजित गरेको छ । ताप्लेजोङले २-० गोल सँगै सुनसरीलाई घर फर्कायो । ताप्लेजोङकी सितल क्षेत्री एक्लैले पहिलो हापमा २ गोल गरिन् । क्षेत्री खेलको म्यान अफ द म्याच घोषित भइन् ।
गाइघाट फुटबल क्लब उदयपुरलाई पाखा लगाउँदै पराजित टिम सुनसरी दोस्रो चरणमा प्रवेश गरेको थियो भने ताप्लेजोङ वाइ पाएको टिम हो ।
शनिबार जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम र धनकुटा जिल्ला फुटबल संघ, धनकुटाबीच खेल हुदैछ । इलामले कन्काई नगर खेलकुद विकास समिति झापालाई बाहिराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो भने धनकुटा वाइ पाएको टिम हो ।
किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित कपमा नेपाल र भारतका १० महिला फुटबल टिम सहभागी ता जनाएको छ । खेलको विजेताले नगद रु. दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले रु. एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् । प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी कृषि समिति हङकङले सौजन्य गरेको छ । आत्म पवित्र हक्चात यक्चुमले आयोजना गरेको कप फागुन ३ गतेसम्म प्रस्तावित आत्मानन्द रंगशालामा संचालन भइरहेको छ ।


139 पटक हेरिएको 












