पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ५ र ६ शान्तिचौकमा श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
सोमबार नगरका उप-प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा महायज्ञको उद्घाटन गरिएको हो । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीम राई, ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, ६ का वडाध्यक्ष कृष्णकुमार बस्नेत, ८ का वडाध्यक्ष नविन कार्की रहेका थिए ।
शान्तेश्वर शिवालय मन्दिर व्यवस्थापन समिति तथा पुराण आयोजक समितिको आयोजनामा भएको पुराणमा प्रमुख कथा वाचक कृष्ण काइराला र उपवाचक शंकर कोइराला रहेका छन् ।


119 पटक हेरिएको 









