याक्थुङ ज्ञान महोत्सवको अवधारणा पत्र

पृष्ठभूमि
पूर्वी नेपालमा मुख्य थाकथलो रहेको आदिवासी लिम्बूहरु हाल देशको विभिन्न ठाउँहरुमा र विभिन्न देशहरुमा बसोबास गर्दै आएका छन् । मुलभूत रुपमा कृषिमा जीवनयापन गर्ने लिम्बू समाज पछिल्लो समयमा विभिन्न काम, व्यवसाय र रोजगारीसँगै जीउने आधारहरुको संरचनाहरु पनि फरक फरक रहेको छ ।

लिम्बू समाजले आफ्नो मुख्य मार्गदर्शनको रुपमा मुन्धुमलाई मान्ने गर्दछन् र मुन्धुम लिम्बू समुदायको जीवन्त इतिहास रहेको छ । मुन्धुमी व्याख्या जीवन पद्धतिको आधार हो । मुन्धुम व्याख्या हालसम्म पनि मुख्यतय श्रुति कथनहरुमा आधारित छ, पछिलो समय केही लेख्य परम्परामा आउन सुरु भएको छ । फेदाङ्मा, येवा, साम्बा, तुतु तुम्म्यहाङहरुले मुन्धुमको मौलिक पक्षहरुलाई आदिम कालबाट उजागर गर्दै निरन्तरता दिँदै आइरहेका छन् । तर पछिल्लो समयमा फेदाङ्बा, येवा, साम्बा, तुतु तुम्म्यहाङहरु जो मुन्धुमको व्याख्या गर्ने पात्रहरुको अभाव हुँदै जाँदा केही मुन्धुमहरु हराइसकेको छ भने केही जोखिममा छ ।

यी मुन्धुम मात्र नभएर लिम्बू समाजले आफ्नो समाज निर्माणको क्रममा धार्मिक, सांस्कृतिक, राजनीतिक रुपमा धेरै कुराहरुसँग भोग्दै, सामना गर्दै अगाडि बढेको छ र यस विषयमा सबै जना जानकार छैनन् । यी विषयमा के कस्तो अवस्था रहयो ? कस्तो अवस्था छ ? र भोलिको कुन दिशातिर उन्मुख छ ? भन्ने पक्षमा समाजमा जानकार बुद्धिजीवि, अगुवाहरु मार्फत् सुन्ने, सुनाउने, दतास्वेजिकरण गर्ने र ती विषयहरुलाई युवा पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यको साथ मिति २०७६ जेठ २४ र २५ गते काठमाडौँ, नाचघरमा प्रथम पटक ‘याक्थुङ ज्ञान महोत्सव’ सम्पन्न गरिसकेको र यसपटक दोस्रो संस्करणको लागि यही फागुन १९ र २० गते झापामा आयोजना गर्न लागिरहेका छौँ ।

‘याक्थुङ ज्ञान महोत्सव’ विषयवस्तुहरुको प्रस्तुति, वैचारिक बहस, मन्थन साथै विषयवस्तुप्रति जागरण र बौद्धिक ज्ञानहरु सुनाउने, बुजाउने, सुन्ने, बुझ्ने कार्यक्रमको सङ्गालो हो । लिम्बू समाजको रहनसहन, रीतिरिवाज, धर्म, संस्कृति, कला, साहित्य, सङ्गीत आदि विषयमा प्रस्तुती, छलफल गरिनेछ । मुन्धुम, सभ्यता, इतिहास माथि पनि छलफल हुनेछ । यस्तै राष्ट्रिय विषयहरुमा सरोकार रहने राजनीतिक, आर्थिक, सामाजिक पक्षमा पनि छलफल गरिनेछ ।

कार्यक्रमको सम्पूणर् प्रस्तुतिहरुलाई युट्युव, सामाजिक सञ्जालहरु, अनलाईन लगायत विविन्न सञ्चार माध्यमसँग जोड्ने छौँ । साथै कार्यक्रमको सम्पूणर् गतिविधिलाई डकुमेन्टेसन गर्न पुस्तक प्रकाशन गर्ने छौँ ।

कार्यक्रमको औचित्य
लिम्बुवानका लिम्बूहरु आज विश्वव्यापी रुपमा फैलिएका छन् । कर्मथालो तथा बसोबासको हिसाबमा विश्वव्यापी रुपमा रहेका छन् । सबैले जहाँ रहेतापनि सङ्गठित हुँदै आफ्नो भाषा, धर्म, संस्कृति, इतिहास आदिको संरक्षण, संवद्र्धन, विकास लागि निरन्तर लाग्दै आफ्नो अधिकार प्राप्तीको क्षेत्रमा निरन्तर क्रियाशील रहेको छ ।
विभिन्न ठाउँमा आ-आफ्नो ढङ्गले लिम्बू पहिचानको लागि विभिन्न गतिविधिहरु गर्दै आएका छौँ । वर्तमान समयमा हाम्रो समाजमा रहेको मौलिक रीतिरिवाज, संस्कार, संस्कृति, इतिहास, सामाजिक, आर्थिक लगायतको विविध ज्ञानहरु युवा पुस्तालाई जोड्दै युवाहरुमा पुस्तान्तरण हुनु आवश्यक छ । मुख्य र महत्वपूणर् विषयहरुमा बौद्धिक, अग्रज महानुभावहरुबाट विषयवस्तु प्रस्तुत, छलफल, बहस गरी ज्ञानहरु आदान-प्रदान र युवा पुस्ताहरुलाई सुसुचित गराउँदै जागरुप बनाउन आवश्यक छ । साझा विषयमा बहस, छलफल र दस्तावेजिकरण (Documentation) गर्ने अभ्यास र प्रयास स्वरुप यस कार्यक्रम हुनेछ ।

कार्यक्रमको उद्देश्य
१. समाजको विविध पक्षको ज्ञानहरु युवा पुस्तामा पुस्तान्तरण गर्न प्रयास र अभ्यास गर्ने ।
२. साझा विषयमा बौद्धिक छलफल, बहस, प्रस्तुति र दस्तावेजिकरण (Documentation) गर्ने ।
३. विश्वव्यापी रुपमा रहेको लिम्बू समाजको बारे साधन, स्रोत, ज्ञान, सूचना र अनुभवहरु आदान-प्रदान गर्दै युवा
पुस्तालाई प्रोत्साहित गर्न प्रयत्न गर्ने ।
४. सामाजिक, आर्थिक, राजनीतिक विषयवस्तुमा समीक्षा, वैचारिक मन्थन गर्ने र युवा पुस्तामा जागरण सिर्जना गर्ने ।

कार्यक्रम औचित्य सावित गर्न निस्कने परिणामहरु
– युवा पुस्तमा जागरण सिर्जना हुनेछ ।
– कार्यक्रममा भएको विषयवस्तुको प्रस्तुति, बहस, छललफलको पुस्तक प्रकाशन गरी दस्तावेजिकरण ९म्यअगmभलतबतष्यल० हुनेछ ।
– साझा विषयमा बहस, छलफल गर्ने प्रयास र अभ्यासको उदाहरणीय कार्यक्रम हुनेछ ।
– वैचारिक मन्थन, चिन्तन, जागरुपता सिर्जना हुनेछ ।

कार्यक्रम सञ्चालन विधि
 विषयवस्तुमाथि प्यानल डिस्कसन (बैद्धिक बहस)
 कार्यपत्र, छलफलपत्र तथा विषयवस्तु प्रस्तुत र छलफल
(सेसनको सञ्चालनको क्रममा टिप्पणी, प्रश्न-उत्तर, छलफल हुनेछ )

सहभागी
बुद्धिजीवि, लेखक, अभियान्ता, कलाकार, अर्थशास्त्री, राजनीतिज्ञ स्रोत व्यक्तिहरु हुनेछन् भने विभिन्न संस्थागत प्रतिनिधि, विद्यार्थी, युवाहरुलगायत सहभागी हुनेछन् । कार्यक्रम र विभिन्न सेसनहरुमा जिज्ञासु लिम्बू मात्र नभइ जो कोही महानुभावहरु सहभागी भएर लाभ लिन सक्नु हुनेछ ।

नाराः ‘बौद्धिक ज्ञान आदान-प्रदान र पुस्तान्तरणको लागि’

-आयोजक याक्थुङ युवा मञ्च

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार