पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा दोस्रो पटक सुकुम्बासीहरुलाई विहीबार जग्गा धनीपुर्जा वितरण गरिएको छ ।
वडा नम्बर ८ मा राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङबाट प्राप्त भएको १० वटा जग्गा धनीपुर्जा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले वितरण गरे । आसीराम लिम्बु, खड्गबहादुर भुजेल, राजकुमार चौधरी, चेतनाथ काफ्ले, कृष्ण कार्की, दिलकुमार मगर, गोपालबहादुर तामाङ, गोमादेवी भुजेल, लालीमाया भुजेल र रामबहादुर थापा पुर्जा पाएका हुन् ।
वडा नं. ८ को सभाहलमा भएको सो कार्यक्रम वडाअध्यक्ष नविन कार्कीले वडामा थप धनीपुर्जा छिट्टै नै वितरण बताए ।
यसभन्दा अघि वडा नं। ८ मा नै शुसिला घिमिरे नेतृत्वको राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङले माघ महिनामा ११ जनलाई पुर्जा वितरण गरेको थियो ।


101 पटक हेरिएको 












