पथरी । बौद्ध धर्मका प्रवद्र्धक गौतम बुद्धकी आमा मायादेवीको स्मृतिमा पार्कको मुल गेट निर्माणका लागि शिलान्यास गरिएको छ । पथरी शनिश्चरे-७ मंगलबारेमा अवस्थित चुम्लुङ चौकमा पार्क बनाइने भएको हो ।
सोमबार पथरीशनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रदेश सांसद विद्या चाम्लिङ राई, लामा गुरु, संविधानसभा सभासद चण्डी प्रसाद राई र पार्क संचालक समितिका अध्यक्ष कृष्ण कुमारी राईले संयुक्त रूपमा शिला राखेर शिलान्यास गरिएको हो ।
११ जना लामा गुरूहरुले मन्त्रोच्चारण गर्दै बौद्ध परस्परा अनुसार लामा गुरूद्वारा धार्मिक संस्कार गरि राजनीतिक व्यक्तित्वहरूबाट पार्कको मुल गेटको शिलान्यास गरिएको हो ।
उक्त अवसरमा पार्क संचालक समितिका अध्यक्ष कृष्णकुमारी विकको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभाका सभासद् चण्डीप्रसाद राई, नेपाल घेदुङ संघका वरिष्ठ लामा गुरु दावा लामा, प्रमुख लामा गुरु सोनाम लामा, पथरीशनिश्चरे नगर घेदुङका अध्यक्ष गणेश लामा, वडा नं ७ का वडाध्यक्ष उद्ववराज बस्नेत, वडा सदस्यहरू क्रमशः नरेशबहादुर राई र मनिस सुब्वा, उपाध्यक्षद्वय चन्द्रबहादुर थापा र ओमप्रसाद राई, सल्लाहकार सदस्यहरुको पनि उपस्थिति थियो । उक्त अवसरमा जग्गा दाताहरूलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो


107 पटक हेरिएको 











