काठमाडौ । आज युमा साम्यो महासभा नेपालको उपत्यका भेलाले रुद्र संयक लिम्बूको संयोजकत्वमा १६ सदस्यीय ‘उपत्यका तदर्थ समिति’ गठन भएको छ ।
मङलबार भएको भेलाले सहसंयोजकद्वयमा नबिन थक्लुङ, सुष्मा चेम्जोङ, सचिवमा छत्र इङ्वारम, सहसचिवमा हेम कुमार चेम्जोङ र कोषाध्यक्षमा प्रेम बहादुर थोप्रालाई चयन गरेको छ भने सदस्यहरुमा छत्र लिबाङ, सिंहराज आङ्बुहाङ, केशर कुमार वनेम, निता चेम्जोङ, अर्जुन वनेम, मिलन वनेम, बल बहादुर वनेम, जसमान लिवाङ, सुनिल वनेम र तारान चोङवाङ रहेका छन् । भेलामा केन्द्रीय सल्लाहकार प्रा.बालकृष्ण माबुहाङ, अध्यक्ष देवेन्द्र कुमार वनेम, जयन्द्रकुमार आङ्बुहाङ, खगेन्द्र यक्सो, रुद्र संयक, पन्च थलङ, राम थेवे, छत्र इङ्वारम, डा. रमेश इजमलगायतले साम्योको विषयवस्तुमा आ-आफ्नो विचार व्यक्त गरेका छन् ।


165 पटक हेरिएको 











