कोशीविरुद्धको आन्दोलनकर्मी राई पक्राउपछि छुटे

इटहरी । हिजो पक्राउ परेका किरात राई यायोक्खा जिल्ला सदस्य इटहरी उपमहानगरपालिका २० का दिपराज राई (दिप खिम्दुङ) मध्यान्न छुटेका छन् । प्रदेश नंं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले चैत २१ गते बिज्ञप्ति जारी अविलम्ब रिहाइ गर्न माग गरेको थियो । प्रेस विज्ञप्तिमा निर्दोष खिम्दुङको विनाशर्त अविलम्ब रिहा नभएमा सशक्त प्रतिरोधमा उत्रन बाध्य हुने चेतावनी दिएको थियो । आन्दोलनरत पक्षसँग आज जिल्ला प्रशासन कार्यालयसँग वार्तापछि रिहाइ गर्ने सहमति भएको थियो । ठूला संख्यामा रिहाईको माग गर्दै आन्दोलनकारी इनरुवा पुगेका थिए ।

कोशी प्रदेश नामकरण विरुद्धको शान्तिपूर्ण आन्दोलनका आन्दोलनकर्मी राईलाई इलाका प्रहरी कार्यालय इटहरी हुँदै जिल्ला प्रहरी कार्यालय इनरुवा लगी राखिएको थियो । इलाका प्रहरी कार्यालय परिसरमा गए राति प्रहरी विरुद्ध नाराबाजी समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार