काठमाडौँ, पुस ३० । दी भ्वाइस किड्सकाे उत्कृष्ट १६ मा पुगेकी झापाकी रुक्साना लिम्बुलाई जिताउन देश विदेशमा अभियानहरू तीव्र भएका छन् । आठ वर्षीया लिम्बुका लागि नेपाल लगायत विभिन्न ठाउँहरूमा रुक्साना लिम्बु जिताउ अभियान सञ्चालन भइरहेका छन् ।
रुक्साना लिम्बुसँगै अन्य १५ बाल प्रतिस्पर्धहरू उत्कृष्ट ८ मा स्थान सुरक्षित गर्दै साेझै फाइनलकाे यात्रा तय गर्ने छन् । अभियानमा नेपालमा चलचित्र निर्देशक ,गायक गायिका, कलाकार, सामाजिक अभियन्ता, सञ्चारकर्मी, व्यवसायी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू आबद्ध छन् । अभियानले रुक्सानाका लागि र्याली निकालेकाे छ । शुभचिन्तकहरूले निकालेको र्याली ललितपुरकाे चापागाउँ दाेबाटाेकाे पीपलबाेटदेखि मिलन चाेकसम्म पुगेकाे उनले जनाए । आफ्नी छाेरीलाई अहिलेसम्मकाे साथ र सहयोगका लागि सबैलाई धन्यवाद दिँदै फाइनलमा पुर्याउँदै उपाधि जिताउन आमा रेखा लाओती लिम्बुले सबैलाई आग्रह गरिन् ।
र्याली एवम् घरदैलो अभियान, धेरैभन्दा धेरै भाेट दिलाउन प्रवासमा समेत अभियानहरू चलेका छन् । भ्वाइस किड्स गायन प्रतियोगिताकाे एक विश्वव्यापी फ्रेञ्चाइज टीभी साे हाे । १८ वर्षभन्दा माथिहरूका लागि दी भ्वाइस पनि सञ्चालन हुँदै आएकाे छ ।


216 पटक हेरिएको 








