पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रमको समापन भएको छ ।
मंगलबार आयोजित समीक्षा कार्यक्रममा आर्थिक वर्षभरि सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो ।कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, वडाध्यक्ष, कार्यपालिका सदस्य, लेखा शाखा प्रमुख विकाश आचार्य, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


5 पटक हेरिएको 












