अनेमसंघमा शारदा

पथरी । अखिल नेपाल महिला संघ (अनेमसंघ) पथरी शनिश्चरे नगर कमिटीको तेस्रो नगर अधिवेशनले शारदा बस्नेतको नेतृत्वमा नयाँ नगर कमिटी निर्वाचित गरेको छ ।

आइतबार नेकपा एमाले पार्टी कार्यालय, रत्नचोकमा सम्पन्न अधिवेशनबाट बस्नेतको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा पूर्णकुमारी तामाङ, सचिवमा सपना राई, कोषाध्यक्षमा मुना खड्का र सहसचिवमा कोपिला आचार्य निर्वाचित भएका छन । सदस्यहरूमा रेणुका बराल, जानुकादेवी दाहाल, अनिता थापा, पार्वता खतिवडा, जमुना लुइँटेल, अञ्जना कटुवाल, यसोदा राई, टीका गौतम, शोभादेवी ग्लान, मनकुमारी विश्वकर्मा, बिन्दा न्यौपाने, पवित्रा लामा, नम्रता पराजुली, देवीमाया राई र जमुना लिम्बू निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार