कानेपोखरी एमालेमा विवाद:तीन सय जना कार्यकर्ताले दिए राजीनामा

मोरङको कानेपोखरी गाउँपालिकाले खरिद गरेको जग्गामा भ्रष्टाचारभएको र आफ्ना नेता संलग्न रहेको भन्दै त्यहाँका २५० जना एमालेका स्थानीयनेता तथा कार्यकर्ताले राजीनामा दिएका छन् । यसरी राजीनामा दिनेमा नेकपा एमाले मोरङ जिल्ला सदस्य नवीन पौडेल, गाउँकमिटी सचिवालय सदस्य खड्गबहादुर बस्नेत, युवा नेता कुमार फुयाँल, उद्योगव्यवसायी महासंघका केन्द्रीय सदस्य डिल्ली फुयाँल, अशोक फुयाँल, जेष्ठ कम्युनिस्ट सदस्य मदनप्रसाद फुयाँल, संगठक युवराज दवाडी, राजकुमार बराल, पालिकाका इन्चार्ज नारायण कुमार बस्नेत, सह– इन्चार्ज भोलानाथ पराजुली, निर्वाचित वडा तथा कार्यपालिका सदस्य सुशीला श्रेष्ठ (मुना), राजकुमार
लिम्बू, दुर्गा वि.क.लगायत ३ सय जनाले सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरुले पार्टी निर्णय प्रक्रियालाई वेवास्ता गर्दै एकलौटी ढंगले
पद्धतिको कुनै पनि अनुसरण नगरी गाउँपालिकाले खरिद गरेको जमिनमा भएकोभ्रष्टाचारको विषय सत्य तथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारको ढाकछोप गर्ने उद्देश्यलाई बल पु¥याउने नियतबाट गाउँपालिकाको केन्द्रसार्ने र प्रशासकीय भवन बनाउने निर्णय गरेको दाबी गरेका छन् ।
यो निर्णयले पारदर्शिता माथि प्रश्न खडा गरेको बताउँदै उनीहरुले आफ्नोनेतृत्वको पालिकाको स्थानीय सरकारलाई देश र जनताप्रति उत्तरदायी रहनआग्रह गर्दा पनि अस्वीकार गरेको जनाएका छन् । एमाले मोरङका जिल्ला सदस्यपौडेलले आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको वेथितिविरुद्ध संघर्ष गर्दै पार्टी सुदृढीकरण र जननिर्वाचित प्रतिनिधि पार्टी निर्णयकोअधिनमा जनताप्रति जवाफदेही हुन सक्ने स्थिति पैदा नभएसम्मका ३ सयकार्यकर्ताहरुले पार्टीको सम्पूर्ण जिम्मेवारी र संगठित सदस्यबाटसामूहिक राजीनामा दिएको बताएका छन् ।-बेतना दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार