पहिचानबादीसंग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

विराटनगर । कोशी प्रदेश सरकारले तीन सदस्यीय वार्ता टोली गठन भएको छ ।

बुधबार प्रदेश सरकारले पहिचानवादी समूहसँग वार्ता गर्नका लागि खानेपानी, सिचाइ तथा उर्जा मन्त्री तिलकुमार मेन्यङ्वाेकाे नेतृत्वमा  तीन सदस्य वार्ता टाेली गठन गरेको हो । समितिको सदस्यमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री भक्तिप्रसाद सिटाैला रहेका छन् ।

फागुन १७ गतेको प्रदेशसभाबाट प्रदेशको नाम कोशी पारित भएदेखि पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । आन्दोलनको क्रममा लाजेहाङ लिम्बू पदमले साहदत्त प्राप्त गरिसका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार