समाजबादीका केन्द्रीय नेताहरुद्वारा सामुहिक राजीनामा

पथरी। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका  २३ जना नेता कार्यकर्ताहरुले सामुहिक राजीनामा दिएका छन् ।

११ बुदामा असहमति जनाउदै बुधबार संयुक्त राजीनामा दिदै पार्टीबाट अलग भएको जनाएको हो। पहिचानको आन्दोलनमा पार्टीको झण्डा र प्रतिनिधित्व सहभागिता गर्न नसक्नु, प्रदेश र केन्द्र पार्टीले १ नम्बर प्रदेशका आन्दोलनरत पहिचान पक्षधरका बारेमा औपचारिक विज्ञप्ती नदिनु, पहिचानको बारेमा मौखिक र माइनेटिङमा मात्र सीमित राख्नु, पहिचानलाई निमोठ्ने दुस्साहसको प्रयास, पार्टीको नीतिगत एजेन्डा विधि, विचार र सिद्धान्तत: केवल विधानमा मात्र सीमित,नव्यवाहरत: लागू नगर्नु, पार्टीका शीर्षस्थ नेताहरूले संगठन विस्तारप्रति वेवास्तालगायत बुदामा असहमति जनाएका हुन् ।

सामुहिक राजीनामा दिनेहरुमा पार्टीका केन्द्रिय सदस्यहरु नन्द याम्फु, प्रतिमा माखिम, गौरी थलङ, हेम जबेगूलगायत छन् । नेपाल समाजवादी पार्टीमा आबद्ध पहिचान पक्षधर नेताहरूले कोशी प्रदेश नामाकरण खारेजीको आन्दोलनमा व्यक्तिगत तथा नैतिक रूपमा समर्थनसहित आन्दोलनमा उपस्थिति जनाउँदै आइरहेको बताउदै राजीनामा दिनेहरु, आन्दोलरत ‘संयुक्त संघर्ष समितिको मोर्चा’मा पार्टीले पनि औपचारिक रूपले सहभागिता जनाउनुपर्छ भन्ने अडानमा थिए । तर, पार्टी र प्रदेशलाई पटक-पटक दबाव दिइरहँदा पनि कुनै औपचारिक निर्णय र विज्ञप्ती दिन नसकेको  आरोप लगाएका छन् ।  `पुनश्च: १ नम्बर प्रदेशमा यतिबेला आगो बलेको छ। दमन गरिएको छ। यस्तो अवस्थामा पनि पार्टीे मुक दर्शक हुनु दुखद हो।´ सामुहिक राजीनामा उल्लेख गरिएको छ, `जुन क्षेत्र/भूगोल र प्रदेशहरूमा राष्ट्रिय स्तरमा उठेका जायज/समसामयीक मुद्दा र मागलाई सम्बोधन हुनुपर्छ/गरिनुपर्छ र समर्थन जनाउनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो।´

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार