पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा ज्येष्ठ नागरिक नगर स्तरीय सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार वडा नं. १ को मन्दिर लाइनमा ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र नेपाल पथरी शनिश्चरे नगर कमिटीको आयोजना सो सम्मान कार्यक्रम भएको हो । नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । हिजो पथरी शनिश्चरे वडा नं. ३ मा स्थापित जेष्ठ नागरिक एकता समन्वय केन्द्र नेपालले नगरका ३० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । कार्यक्रममका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्बापोले सम्मानका साथै जेष्ठ नागरिकलाई बुधबार छाता वितरण गर्नुभएको छ ।


73 पटक हेरिएको 












