पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ३ ले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।
सार्वजानिक सुनुवाई कार्यक्रममा वडाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्ययोजना सम्पन्न भएको विवरणहरु प्रस्तुत गरेको हो । वडाले कार्यालय सञ्चालन (प्रशासनिक खर्च) ७ लाख, आपतकालीन मर्मत् सम्भार ३ लाख २५ हजार ६ सय ५, पूर्वाधार विकास योजनामा ५२ लाख ८७ हजार, ३ सय ९५, खेलकुदतर्फ २ लाख, स्वास्थ्यतर्फ १ लाख, कृषितर्फ ३ लाख, लक्षित कार्यक्रमतर्फ ९ लाख रुपैयाँ विवरण सार्वजानिक सुनुवाईमा प्रस्तुत गरिएको थियो । हरियाली वनका अध्यक्ष कावुलबहादुर मगर (विकास) र वडाका ज्येष्ठ नागरिक कृष्ण अधिकारीले मन्तव्य राखेको कार्यक्रम
वडाध्यक्ष विजय लिम्बुको अध्यक्षतामा भएको हो । कार्यक्रममा उपस्थित वडावासीले प्रश्नहरु राखेका थिए, भने वडाका जनप्रतिनिधिहरुले प्रश्नको उत्तर दिएका थिए । वडाले सो कार्यक्रममा आ.व. २०८०÷०८१ को नीति तथा कार्ययोजना पनि प्रस्तुत गरेको थियो ।


82 पटक हेरिएको 












