पथरी। मङलबार साइबर अपराध विरुद्धको सचेतना कार्यक्रम बिद्यालयमा सञ्चालन भएको छ ।
पथरी शनिश्चरे वडा नं. १ सुनाखरी माध्यमिक विद्यालयमा सो कार्यक्रम भएको हो । त्रिवेणी युवा क्लब पथरीको आयोजनामा भएको सो कार्यक्रममा सहजीकरण नगरका कानुनी सल्लाहकार दिपक कुमार राईले गरिरहेका छन् । नगरको सहयोगमा भएको यस कार्यक्रम नगरका १० वटै वडामा हुने आयोजकले जनाएको छ ।


77 पटक हेरिएको 












