पथरी । वडा कार्यालय पथरी शनिश्चरे वडा नं. १ ले सार्वजनिक सुनुवाई तथा प्रगति विवरण प्रस्तुत कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भएको सार्वजनिक सुनुवाई तथा प्रगति विवरण प्रस्तुत कार्यक्रममा वडावासीहरु बाक्लो रुपमा उपस्थित भएका थिए । वडाध्यक्ष भीम राईले प्रगति विवरण प्रस्तुत गरेको कार्यक्रममा वडावासीहरुले प्रश्न र सुझावहरु राखेका छन् । नगरपालिकाका उप–प्रमुख देविमाया काफ्ले, अतिथिहरु वसन्तकुमारी राई, कार्यपालिका सदस्य वीरध्वज शिवा, वडा सदस्यहरु सुरेशकुमार कार्की, आरती विश्वकर्मा, वडा सचिव इन्दु सुवेदी र प्राविधिक बलबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।


80 पटक हेरिएको 












