सरकार र कोशी प्रदेशविरुद्ध आन्दोलनरत पक्षबीच वार्ता जारी

बिराटनगर ।  प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन गरेको साडे तीन महिनापछि विराटनगरमा वार्ता  भइरहेको छ । फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि नामकरणविरुद्ध आन्दोलन जारी छ।

सोमबार बिहान पौने १० बजे  कोशी सरकारले बनाएको वार्ता टोली र आन्दोलनरत पक्षद्वारा गठित वार्ता टोलीबीच वार्ता सुरू भएको हो। सरकारको तर्फबाट खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन्।

आन्दोलनरत पक्षका वार्ता टोलीमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगू छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार