कार्यक्रमलाई बिथोल्न खोज्नु लज्जाको बिषय हो: नेता भट्टराई

ईलाम । एमाले सचिब एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कार्यक्रम बिथोल्न खोज्नु लज्जाको बिषय भएको बताएका छन् । आज मदन भण्डारी फाउण्डेसन ईलामले ७२ औ मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा जाँदै गर्दा ईलामबजारमा पहिचानबादीहरुले प्रदर्शन गरेपछि नेता भट्टराईले त्यसको प्रतिक्रिया फेसबुकमा लेखेका हुन् । `एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।´ उनले लेखेका छन्, `मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वंयम वहाँहरुका लागि पनि लज्जाको बिषय हो ।´

नेता भट्टराई के के लेखे त ? हेरौं जस्ताको त्यस्तै

मदन भण्डारी फाउण्डेसन ईलामले ७२ औ मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा जाँदै गर्दा ईलामबाजारमा केहि ब्यक्तिले कालो झन्डा देखाउनु भायो ।
कार्यक्रम ईलामको जिविस हलमा सानदार रुपले सम्पन्न भएको छ । नेपाली कांग्रेसका युवा नेता गुरु घिमिरे र मैले मुख्य वक्ताका रुपमा लोकतन्त्र र चुनौतीका बारेमा मन्तब्य राखेको उक्त कार्यक्रममा सहभागिता मुलक छलफल पनि भएको थियो ।
एमाले फरक बिचार र मतलाई सम्मान गर्ने पार्टी हो । आज मलाई कालो झन्डा देखाउनेहरुको अधिकारका लागि म स्वंयम र मजस्ता लाखौंले लडेर ल्याएको बिरोध गर्ने अधिकारको अभ्यास वहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्समा हामीले बिताएको समयले सार्थकता पाएको अनुभुती भएको छ ।
हाम्रो भनाइ यही छ कि बिरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन ।
एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन ।
एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।
मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वंयम वहाँहरुका लागि पनि लज्जाको बिषय हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार