पथरी । पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देविमाया काफ्लेले नियम संगत नचलेका सहकारीहरुले सबैलाई दुःख दिएको बताएकी छिन् ।
आज कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभाका प्रमुख अथिति काफ्लेले सो कुरा बताएकी हुन् । उनले भनिन्–‘पछिल्लो समय न्यायिक समितिमा सहकारीहरूबाट पीडित भएकाहरुको उजुरीहरूको चाङ् छ, तर कञ्चनजंघा साकोस नियमसँगत रहेछ र धेरै शाखाहरु रहेछन् यो राम्रो पक्ष हो ।’
संस्थाका अध्यक्ष मणिकुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष भीम राई, वडा सदस्य पूर्णबहादुर कार्की, संस्थाका उपाध्यक्ष भरतकुमार चम्लागाई, सदस्य एवम् पथरीशनिश्चरे सेवा केद्रका संयोजक भेषबन्धु निरौला लगायतको उपस्थिति रहेको थियो ।


67 पटक हेरिएको 












