दयाहाङको क्रेज: हलमा दर्शक र युट्युबमा भ्युज बढदो 

धेरै रुचाइएको कलाकार हुन्, दयाहाङ राई । उनी अभिनित फिल्म हल र युट्युब हेर्न सकिन्छ । दयाहाङले खेलेको `दिमाग खराब’ हलमा लागिरहेको छ । जस्ले दोस्रो हप्ता यता उत्साहप्रद व्यापार गरिरहेको छ ।

हलमा मात्रै होइन, युट्युबमा पनि हेर्न सकिन्छ । एक महिना यता ५ वटा फिल्म युट्युबमा सार्वजनिक भएका छन् । साता अघि देखि रिलिज `के घर के डेरा´ले ४.३ एम भ्युज पुगेको छ।  ४ साता अगाडि रिलिजमा आएको फिल्म ‘फूलबारी’ले युट्युबमा १० एम भ्यूज पाइसकेको छ । महिना अगाडि रिलिज भएको फिल्म ‘दुई नम्बरी’ले युट्युबमा ९.४ एम भ्यूज पाइसकेको छ । ६ दिन अघि रिलिज ‘बिहे पास’ ले ३.८ एम भ्युज पाएको छ। २ साता अगाडि रिलिजमा आएको फिल्म ‘कबड्डी ४’ले  ९.८ एम भ्यूज पाएको छ । सबै फिल्ममा दयाहाङ केन्द्रमा छन् ।

बर्षमा कम्तीमा एक दर्जन फिल्ममा काम गरिरहेका छन् । हलमा दर्शकले दयाकै फिल्म हेरिरहेका छन् । अतः हलदेखि युट्युबसम्म दयाहाङको क्रेज बढदो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार